नेशनले ल्याए ‘चैतको डढेलो’

पोखरा ।
गायक नेशन पुनको नयाँ गीत ‘चैतको डढेलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले पोखराबाट गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
डिजिटल बजारमा नेशनको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा डेकेन्द्र श्रेष्ठको शब्द र श्याम महर्जनको संगीत छ । विशन थापाले निर्देशन गरेको भिडियोमा नेशनसँगै सुष्मी पुन फिचर्ड छन् । म्याग्दीको घोरेपानी क्षेत्रमा छायांकन भएको भिडियोमा त्यहाँको जीवनशैली उतारिएको छ ।
‘उता भने चैतको डढेलोले वन खायो
यता भने तिम्रै पिरतीले मन खायो…’
गीतमा तामाङ सेलो र रक फ्युजन गरिएको छ । ‘चैतको डढेलो’ बाछ आशावादी रहेको नेशन बताउँछन् । उनी भन्छन्, ‘अहिलेको ट्रेन्डमा यस्ता खालका गीत हराइसक्यो । तामाङ सेलो र रकको फ्युजन भएकाले रुचाउनुहुनेछ ।’ नेशन नेपाल आइडलको उत्कृष्ट ५ मा पर्न सफल भएका थिए । त्यसपछि उनको सांगीतिक करियर उकालो लागेको हो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया