नयाँ वर्षमा द स्याडोजको कन्सर्ट

समाधान संवाददाता २०७९ चैत ३० गते १२:४३

पोखरा ।
चर्चित रक ब्यान्ड ‘द स्याडोज नेपाल’ले पोखरामा नयाँ वर्षमा पोखरामा प्रस्तुति दिने भएको छ । पोखराको लेकसाइड स्थित प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा बैशाख २ गते कार्यक्रम हुँदै छ ।

कार्यक्रममा चर्चित गीतहरु ‘स्वर्गमा ठाउँ छैन’, ‘नयाँ नेपाल’, ‘हिँड्ने मान्छे लड्छ’, ‘धर्ति माथिको बोझ’, ‘आठ दिन’, ‘अवसाद’, ‘नारी’ ‘पाप’, ‘के पाइस् नेपाली’ लगायत दर्शकले सुन्न पाउने छन् । कार्यक्रमलाई उत्कृष्ट बनाउन तयारी भइरहकेो प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरि पौडेलले बताए ।

सन् १९९७ मा स्थापना भएको चितवनको ब्यान्ड ‘द स्याडोज नेपाल’ले सन् २००३ मा ‘सुन हाम्रो आवाज’ एल्बम बजार ल्याएको थियो । साझ ८ बजेदेखि मध्य रातसम्म लाइभ कन्सर्ट चल्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया