हल्कारा’को ट्रेलर सार्वजनिक

समाधान संवाददाता २०८० वैशाख १ गते १०:४६

पोखरा ।
वैशाख २९ गते रिलिज हुने चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर रिलिज भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक भएको हो ।

चलचित्रको २ मिनेट ४४ सेकेन्डको ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ । ट्रेलरले रोजगारीका लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने नारीको कथासमेत प्रस्तुत गरेको छ । चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्काराको चरित्र निर्वाह गरेका छन् ।

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

Advertisement

यो फिल्म नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सहलेखन गरेका छन् । महेश र वीनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ ।

Advertisement

तपाईको प्रतिक्रिया