प्रकाश सपूतकाे ‘सकम्बरी’ ट्रेन्डिङ १ मा
समाधान संवाददाता
२०८० वैशाख ३ गते १३:११

पोखरा ।
गायक प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ ‘फूलमाया’ युटयुबको ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
बिहीबार सार्वजनिक भएको गीत युट्युबमा भाइरल बनेको हो ।
नयाँ वर्षको पूर्व सन्ध्यामा सार्वजनिक भएको गीतमा सपूतको शब्द, संगीत र स्वर छ । गीतमा गायक सपूतलाई सारंगी बाधक बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् । गीतको संगीत संयोजन भने सुदीप सागरले गरेका हुन् ।
गीतको भिडियोमा कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी युवती फूलमाया अर्थात् सकम्बरीको कथा छ । गीतको भिडियो निर्देशन गायक सपूतले गरेका हुन् ।
भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्यसमेत देखाइएको छ । भिडियोमा कुसुम शर्मा, सुनील थापा, हेमन्त कान्छा रसाइली, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया