टिकटक कविता स्पर्धामा सुवास पहिलो

पोखरा ।
रेडियो जननीले टिकटकमार्फत आयोजना गरेको कविता प्रतियोगितामा पोखरा १७ का सुवास लामिछाने प्रथम भएका छन् ।
रेडियोले टिकटकमार्फत आमा विषयमा कविता प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा रमेश सार्थक द्वितीय, मनिषा लामिछाने तृतीय र आयान अभिरल घिमिरे सान्त्वना भएका छन् । उनीहरुले क्रमश: १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पाएका छन् । विजयीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सूर्य खड्का ‘बिखर्ची’ले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
कुलपति बिखर्चीले आमाको विषयमा टिकटकमार्फत कविता प्रतियोगिता आयोजनाले प्रविधिका पनि सिर्जनाको लोकप्रियता पुष्टि हुने बताए । रेडियोकी अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, मुक्तक मञ्च पोखराका सचिव विवेक भण्डारी, रेडियोका कार्यक्रम संयोजक सबु पाठक लगायतले बोलेका थिए । प्राज्ञ सरस्वती श्रेष्ठ (सरु), गौरी तमु र असफल गौतम प्रतियोगिताका निर्णायक थिए ।
तपाईको प्रतिक्रिया