उपनिर्बाचनकाे मतदान सकियाे
तनहुँमा ५२ प्रतिशत भन्दा कम खस्याे
समाधान संवाददाता
२०८० वैशाख १० गते १८:२९

पाेखरा ।
आज सम्पन्न उपनिर्बाचनमा तनहुँ क्षेत्र नम्बर १ मा निकै कम मतदान भएकाे छ । निर्बाचन अधिकृतकाे कार्यालयका अनुसार ५२ प्रतिशत भन्दा कम मतदान भएकाे प्रारम्भिक तथ्याङ्क छ ।
उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए ।
याे मत आम निर्बाचनमा खसेकाे भन्दा झण्डै ३ प्रतिशत मत खसेकाे हाे । गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया