लायन्स पोखरा गण्डकीमा रुद्र

पोखरा ।
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको वर्ष २०२३/२०२४ अध्यक्षमा रूद्रबहादुर श्रीस निर्वाचित भएका छन् । क्लबको शनिबार भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा सन्तु सुवेदी, द्वितीय उपाध्यक्ष सुशीला रामदाम र तृतीय उपाध्यक्ष लायन विनिता सुवेदी चुनिए । क्लबका सचिव, कोषाध्यक्ष लगायतका अन्य पदाधिकारी भने चाडै चयन गरिने २०२२/०२३ की अध्यक्ष उषा थापाले जानकारी दिइन् ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालका रिपोर्टिङ चिफ कुलचन्द्र शर्माले नेतृत्व विकास र सामाजिक सेवाका लागि लायनवाद राम्रो माध्यम बनेको जनाए । स्थापनाको छोटो समयमा नै लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले डिष्ट्रिक्टमा राम्रो छाप पार्न सफल भएको उनको भनाइ छ ।
डिष्ट्रिक्ट ३२५ एम नेपाल, रिजन ९ जोन १९ की जोन चेयरपर्सन एवं क्लबकी संस्थापक अध्यक्ष कोपिला श्रीसले क्लबका सबै सदस्यको साथ र सहयोगले नै क्लबलाई नयाँ उचाइसम्म ल्याइपु¥याउन सकिएको उल्लेख गरिन् ।
क्लबका निवर्तमान अध्यक्ष कुश्मराज सुवेदीले सहरभन्दा पनि ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । क्लबका निर्देशक सुरेन्द्र थापाले आफूले क्लबको विकासका लागि सधैं सहयोग गर्न तत्पर रहेको बताए ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया