ज्येष्ठ सदस्य भ्रमणमा

समाधान संवाददाता २०८० वैशाख ११ गते १३:२०

लेखनाथ ।
जटाशंकर धार्मिक विकास समिति पोखरा२६ र सिलिंगे कृषि उत्पादक सहकारी संस्था पोखरा २६ ले ज्येष्ठन नागरिकलाई धार्मिक स्थल भ्रमण गराएका छन् ।

सेयर सदस्यका एकाघरका ज्येष्ठ नागरिकलाई भ्रमणमा लागिएको हो । करिब २ सय ज्येष्ठ नागरिक तथा स्वंयमसेवकलाई पोखराका प्रमुख धार्मिक स्थल घुमाइएको छ । भ्रमण टोली विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर, केदारेश्वर, पुम्दीकोट लगायतका स्थान पुगेको सहकारीका व्यवस्थापक विकास रानाभाटले जानकारी दिए ।

जटाशंकर मन्दिरका अध्यक्ष पण्डित रामप्रसाद सिग्देल र सिलिंगेका अध्यक्ष ठाकु प्रसाद रानाभाटले सहभागीलाई धन्यवाद दिए ।

Advertisement

तपाईको प्रतिक्रिया