यातायात मजदूर संगठनमा विजय

समाधान संवाददाता २०८० वैशाख ११ गते १३:४३

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सानो माइक्रो बस इकाइ भेला तथा प्रशिक्षण आइतबार भएको छ । भेलाले अध्यक्ष विजय कुँवरको नेतृत्वमा ९ सदस्यीय इकाइ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा राजु शाक्य, सचिव ललित गुरुङ, सहसचिव दिपेश गुरुङ र कोषाध्यक्षमा टेकबहादुर रेग्मी छन् ।

सदस्यमा मनबहादुर नेपाली, सुरज थापा, विक्रम परियार र होमबहादुर तामाङ छन् । सल्लाहकारमा विष्णु थापामगर, करण गुरुङ र दशरथ बानियाँ छन् ।

नेपाल यातायात मजदुर संगठनका केन्द्रीय प्रतिनिधि परिषद्का उपप्रमुख कर्णसिं गुरुङले सार्वजनिक यातायात क्षेत्र सुधारका लागि यातायात व्यवसायीसँगको सहकार्यमा मजदूरले आन्दोलन गरेको बताए ।

Advertisement

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी इन्चार्ज विष्णुबहादुर पराजुलीले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि संगठनले ‘म जिम्मेवार यातायात मजदूर’ भन्ने सचेतनामूलक कार्यक्रम चलाएको जानकारी दिए ।

संगठनका गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर केसीले यातयात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको लागि संगठनले पहल गरेको बताए ।

Advertisement

कार्यक्रममा यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीका सचिव बेनीराज थिङ, फेवा यातायात प्रालिका उपाध्यक्ष किरण श्रेष्ठ, सचिव सम्पन्न श्रेष्ठ, यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका पूर्व सदस्य विष्णुबहादुर थापा लगायतले यातायात क्षेत्रका समस्या बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया