बोल्ने कला तालिम सम्पन्न

पोखरा ।
मनखुसी फाउन्डेसन, गण्डकी प्रदेशको आयोजनामा भएको बोल्ने कला तथा क्षमता अभिवृद्धिसम्बन्धी १ हप्ते तालिमको शनिबार सकिएको छ । आँधीखोला तमु समाजको व्यवस्थापन र जय भूपू सैनिक सुनचाँदी पसल, चिप्लेढुंगाको सहयोगमा सञ्चालित तालिममा २५ जना सहभागी थिए ।
तालिममा पत्रकार रूद्रबहादुर श्रीसले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा पोखरा १५ का कार्यवाहक वडाध्यक्ष बलराम पौडेलले भौतिक विकाससँगै मानिसको सकारात्मक सोंच र क्षमता विकासमा पनि वडाले बजेट विनियोजन गर्दै आएको बताए ।
वडाबासीको व्यक्तित्व र नेतृत्व विकासका लागि वडाले विशेष जोड दिएको बताउँदै पौडेलले वडाबासीको आवश्यकता हेरेर बजेटको व्यवस्थापन गर्दै आएको उल्लेख गरे ।
मनखुसी फाउन्डेसन, गण्डकी प्रदेश अध्यक्ष काशी गुरुङले आँधीखोला तमु समाजका सदस्यको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न पाउँदा खुसी लागेको जनाइन् । जय भूपू सैनिक सुनचाँदी पसलका सञ्चालक एवं सफल व्यवसायी कमलमान सुनारले आँधीखोला समाजका सदस्यको क्षमता अभिवृद्धिका लागि केही सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
प्रशिक्षक श्रीसले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सके तालिम सार्थक बन्ने धारणा राखे । आँधीखोला तमु समाजका अध्यक्ष नरबहादुर गुरुङले तालिममा देखिएको उपलब्धिले आफू खुसी भएको भन्दै समाजलाई अघि बढाउन आगामी दिनमा सहज हुने विश्वास व्यक्त गरे । समाजका प्रमुख सल्लाहकार रुकबहादुर गुरुङले तालिमका प्रशिक्षार्थीमा देखिएको विकासले आफू निकै नै प्रफुल्लित भएको सुनाए ।
आँधीखोला तमु समाज आमा समूहकी अध्यक्ष खेमसरी गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरू लीलबहादुर गुरुङ, तुलमाया गुरुङ, सुबेदार लीलबहादुर गुरुङ, मेलिना गुरुङ, हुमबहादुर गुरुङ, गोमा गुरुङ, शंकर गुरुङ, तिलकुमारी गुरुङ, मनमाया गुरुङ, सुबेदार धनबहादुर गुरुङ, सनिसरा गुरुङ र टौमाया गुरुङले तालिमको अनुभव सुनाए ।









संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया