अर्मलाकोटमा उद्घोषण तालिम

समाधान संवाददाता २०८० वैशाख ११ गते १४:४०

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १६ को सहयोगमा अर्मलाकोट आमा समूह र अर्मलाकोट पर्यटन प्रवद्र्धन सामुदायिक होमस्टेको संयुक्तत आयोजनामा २ दिने उद्घोषण कला तथा नेतृत्व विकास तालिम शनिबार भएको छ ।

कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ग्रामीण भेगका महिलालाई बोल्ने कलाका साथसाथै आय आर्जनमा सहयोग गर्न तालिम आयोजना गरिएको बताए । उनले अर्मलाकोट पर्यटकको रोजाईमा पर्दै गए पनि बजेट अभावका कारण सोचेजति कार्य गर्न नसकेको सुनाए ।

अर्मलाकोट आमा समूहकी अध्यक्ष झलश्री गुरुङले आमा समूहका सदस्य तथा महिलालाई घरायसी काम छाडेर भए पनि तालिममा सक्रिय सहभागी हुन आग्रह गरिन् । तालिमका प्रशिक्षक सागर कार्कीले २ दिनको तालिमले आधारभूत कुराको मात्रै ज्ञान हुने जनाए । अर्का प्रशिक्षक दरबारथोक एड्भरटाईजिङ एजेन्सीका सञ्चालक कृष्ण रानाभाटले समाचार तथा बैठकको माइन्युट कसरी लेख्ने भन्ने सिकाए ।

Advertisement

खोज मिडियाकी रजनी तामाङले नेतृत्व विकासले परिवार र समाजमा पार्ने सकारात्मक प्रभावबारे प्रकाश पारिन् । सीता आधारभूत विद्यालयकी शिक्षक खुसी गुरुङले उद्घोषण कला तथा नेतृत्व विकास तालिमले विभिन्न क्षेत्रमा सघाउने बताइन् ।

तालिममा ४० जना सहभागी थिए । आमा समूहकी अध्यक्ष झलश्री गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्णिमा गुरुङ रसहसचिव बबिता गुरुङले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया