चिनियाँ राजदुतसँग पोखरा पर्यटन परिषदकाे भेट

समाधान संवाददाता २०८० वैशाख १२ गते १४:०६

पोखरा ।
पोखरा पर्यटन परिषदका पदाधिकारीहरुले चिनियाँ राजदुतसँग भेटवार्ताका गरेका छन् । मंगलबार चिनियाँ राजदूत चेन सोंगलाई भेटगरी पोखराबाट चीनका विभिन्न सहरमा सिधा उडान गर्ने व्यवस्था मिलाइदिनका लागि अनुरोध गरेको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

‘विमानस्थलको सम्बन्धमा विचार गर्न अनुरोध गरेका छौं, सकारात्मक प्रतिक्रिया पाएका छौं, दूतावासको साथ र सहयोगको रहने अपेक्षा छ’, श्रेष्ठले भने, कोरोला नाका खोल्न पनि पहल गरिदिन अनुरोध गरेका छौं’ ।

पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ (असार ७/८) मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई सफल बनाउा आफूहरू प्रतिवद्ध रहेको उनले बताए । फेस्टिभलले पोखराको व्यापार, पर्यटन र अन्य उद्योगलाई पनि टेवा पुग्ने साथै नेपाल चिनबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग गर्ने अपेक्षा रहेको उनकाे भनाइ छ ।

Advertisement

भेटघाटमा पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिराज तिमल्सिना, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, ओभरसिज चाइनिज नेपाल एसोसिएसनका अध्यक्ष, सचिव लगायतको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया