‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’

समाधान संवाददाता २०८० वैशाख १३ गते ११:५१

काठमाडौं ।
नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । ‘सबैका लागि मानवअधिकार उत्सव’ नारासँगै १२ औं संस्करणको महोत्सव वैशाख १५ गतेदेखि सुरु हुने भएको हो ।

महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा वैशाख १५ देखि १७ गतेसम्म चल्नेछ । दोस्रो चरण फेस्टिभल वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ भने तेस्रो तथा अन्तिम चरण काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ गतेसम्म हुनेछ ।

‘मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको र आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने उद्देश्य रहेको नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले बताइन् । महोत्सवमा युरोपका निर्देशकहरूका ८ सहित नेपाली निर्देशकले बनाएका छोटा चलचित्र प्रदर्शन गरिनेछन् ।

Advertisement

सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौँ तीनवटै ठाउँमा महोत्सवको सुरुआत यामी रामेजनद्वारा निर्देशित ‘एनी डे नाउ’ चलचित्रको प्रदर्शनीबाट हुनेछ । महोत्सवमा अरस टी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अष्ट्रिया), एन्ड्री बाग्नेको रमोना (स्पेन), दोनातो रोतुनको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाजी सन्जभीको इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासको निर्देशनमा बनेको इनभिजिबल (लिथुआनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनको डेटिङ अम्बर (आयरल्यान्ड, युके) र डेभिड फ्रेनले निर्देशन गर्नुभएको मित्र (नेदरल्यान्डस) प्रदर्शन हुँदै छन् ।

महोत्सवमा नेपालीतर्फ अंकि खड्कीको निर्देशन रहेको ‘आई वान्टेड टु बी लाइक माधुरी दीक्षित’, विशाल रोक्का मगरको निर्देशन निर्देशन रहेको ‘गोर्खा गर्ल र ग्रिष्म गिरीको ब्लुज अफ पिक’, मिन्शो लिम्बूको ‘जुनको’, सुनिल पाण्डेको ‘बागथान’, पुनम पौडेलको ‘लिभिङ विथ डिग्निटी’, दीपक रौनियारको ‘फोर नाइटस्’ र दीपा श्रेष्ठको ‘डिफिटिङ क्लाउडस्’ प्रदर्शन गरिनेछ ।

Advertisement

महोत्सवमा ‘मानवअधिकार प्रवद्र्धनमा चलचित्रको भूमिका’ विषयमा छलफलसमेत हुनेछ । युरोपबाट चलचित्रकै विषयमा लेख्दै आएका स्टनिस्ल्यास इडे, नेपालबाट चलचित्र निर्माता तथा निर्देशक अरुण डेओ जोशी र डा सचिन घिमिरे पनि सहभागी हुनेछन् ।

यस संस्करणमा सद्भावनादूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त भएकी छन् । ११ वर्षदेखि द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले महोत्सव गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया