बेकरी र बारिस्टा तालिम सुरु

समाधान संवाददाता २०८० वैशाख १३ गते १६:१३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजना तथा किंस इन्टरनेसनल कलेजको प्राविधिक सहयोगमा वडा १५ का युवालाई लक्षित गर्दै निःशुल्क बेकरी तथा बारिस्टा तालिम सुरु भएको छ ।

वडाकै २ लाख रुपैयाँ सहयोगमा सुरु तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले तालिमले युवालाई स्वरोजगारमूलक आय आर्जनमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

युवालाई उद्यमशीलतासँग जोड्दै व्यवसायिक बनाउन यस्तो तालिमको खाँचो रहको उनले बताए । १ महिने बेकरी तथा १५ दिने बरिस्टा तालिममा वडाका २५ जनाको सहभागिता छ ।

Advertisement

यसैबीच, पोखरा १५ द्वारा आयोजित महिलाका लागि घरेलु सेनिटरी प्याड बनाउने ३ दिने तालिम सकिएको छ । तालिमका सहभागीलाई वडाध्यक्ष बानियाँले प्रमाण–पत्र वितरण गरे । उनले महिलाको सशक्तीकरण, सीप विकास तथा क्षमता अभिवृद्धि गर्न यस्ता तालिम आयोजना गरिएको बताए ।

समापन समारोहमा तालिमका प्रशिक्षक सरस्वती अधिकारी, तालिम संयोजक वडा सदस्य मन्दिरा परियार, वडा सदस्य बलराम पौडेल, सेतीमाया गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया