बेकरी र बारिस्टा तालिम सुरु

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजना तथा किंस इन्टरनेसनल कलेजको प्राविधिक सहयोगमा वडा १५ का युवालाई लक्षित गर्दै निःशुल्क बेकरी तथा बारिस्टा तालिम सुरु भएको छ ।
वडाकै २ लाख रुपैयाँ सहयोगमा सुरु तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले तालिमले युवालाई स्वरोजगारमूलक आय आर्जनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
युवालाई उद्यमशीलतासँग जोड्दै व्यवसायिक बनाउन यस्तो तालिमको खाँचो रहको उनले बताए । १ महिने बेकरी तथा १५ दिने बरिस्टा तालिममा वडाका २५ जनाको सहभागिता छ ।
यसैबीच, पोखरा १५ द्वारा आयोजित महिलाका लागि घरेलु सेनिटरी प्याड बनाउने ३ दिने तालिम सकिएको छ । तालिमका सहभागीलाई वडाध्यक्ष बानियाँले प्रमाण–पत्र वितरण गरे । उनले महिलाको सशक्तीकरण, सीप विकास तथा क्षमता अभिवृद्धि गर्न यस्ता तालिम आयोजना गरिएको बताए ।
समापन समारोहमा तालिमका प्रशिक्षक सरस्वती अधिकारी, तालिम संयोजक वडा सदस्य मन्दिरा परियार, वडा सदस्य बलराम पौडेल, सेतीमाया गुरुङ लगायतले बोलेका थिए ।








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया