मुख्यमन्त्रीकाे सपथमा ढिलाईकाे कारण

मन्त्रालय भागबण्डा र मन्त्री छनोट गर्न सकस

केन्द्रकाे निर्णय कुर्दै पाण्डे र चुमान, जे निर्देशन आउछ त्यही गर्ने

समाधान संवाददाता २०८० वैशाख १४ गते १७:५६

पाेखरा ।

गण्डकी प्रदेशले बिहीबार चाैथाे मुख्यमन्त्री पाएकाे छ । गाेरखाबाट प्रदेश सभामा विजयी नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका ३५ जना सांसदकाे समर्थन रहेकाे पत्रसहित मुख्यमन्त्रीकाे दावा पेश गरेका पाण्डेलाई प्रदेश प्रमुखले तत्कालै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत गुमाएकाे ६ दिनपछि गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएकाे हाे । यद्यपी सत्तारुढ दलहरुबीच अझै भागबण्डा नमिल्नाले मुख्यमन्त्रीकै सपथ ग्रहणमा ढिलाई भएकाे छ । त्यसैले मुख्यमन्त्री पाण्डेले नियुक्त भएकाे २० घण्टापछि अर्थात भाेलि शुक्रबार साढे १२ बजेपछि सपथ ग्रहण गर्ने तयारी गरेका छन् ।

Advertisement

संविधानकाे धारा १६८ काे उपधारा २ बमाेजिम प्रदेश प्रमुख मुख्यमन्त्रीका लागि दावा पेश गर्न दिईएकाे समय आजै ४ बजे सकिने भएकाले भागबण्डामा सहमति नभएपनि पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर गरेकाे माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले समाधानलाई बताए ।

मन्त्रालय भागबण्डा भइसकेकाे छैन्, कसले कति मन्त्रालय पाउने र कुन कुन मन्त्रालय पाउने भन्ने विषय अझै टुङ्गिन बाँकी छ– चुमानले भने,–त्यसपछि मात्र काे काे मन्त्री बन्ने भन्ने टुङ्गाे लाग्ला ।

Advertisement

कांग्रेसमा पनि मन्त्री बन्ने आकांक्षीकाे लर्काे छ । माओवादीलाई कति मन्त्रालय दिने टुङ्गिएकाे छैन भने बाबुराम भट्टराईकाे नेकपा समाजवादी र माधवकुमार नेपालकाे नेकपा एसले पनि एक–एक मन्त्रालय दावी गरिरहेका छन् । माओवादी केन्द्रले ३ मन्त्रालयकाे दावी गरेकाे छ । यस्ताे अवस्थामा मुख्यमन्त्री पाण्डे दवावमा छन् । त्यसैले पनि उनले सपथ ग्रहणकाे समय भाेलि १२ बजेपछि मात्र राखेकाे एक सांसदले समाधानलाई बताए ।

कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुँदा १२ सदस्यीय मन्त्रिपरिषषद् बनाइएकाे भएपनि खगराज अधिकारी सरकारले मन्त्रालयकाे संख्या घटाएर ७ मात्रै बनाएकाे छ । मन्त्रालय संख्या बढाउदा अलाेकप्रिय बनिने डर मुख्यमन्त्री पाण्डेलाई छ । त्यसैले उनी तत्काल मन्त्रालयकाे संख्या बढाउन नपरे हुन्थ्याे भन्नेमा छन् । मन्त्रालय बढाउन परेपनि त्यसकाे अपजस आफुलाई नआओस् भन्ने पक्षमा मुख्यमन्त्री रहेकाे उनी निकटस्थ एक सांसले बताए ।

त्यसैले मुख्यमन्त्री पाण्डे पनि मन्त्रालयकाे भागबण्डासहित मन्त्रीहरुकाे नामावली पनि सत्तारुढ गठबन्धनकाे नेतृत्वबाटै आओस् भन्ने चाहान्छन् । यसैकारण सपथ ग्रहणकाे कार्यक्रम भाेलि साढे १२ बजेपछि राखिएकाे छ ।

गण्डकी प्रदेश सरकार कै बारेमा छलफल गर्न आज साँझ काठमाण्डाैंमा सत्ता पक्षीय दलका शिर्ष नेताहरुकाे बैठक बस्ने जानकारी कांग्रेस र माओवादीका नेताहरुले दिए । आज साँझ काठमाण्डाैंमा नेताहरु बस्दै हुनुहुन्छ, उहाँहरुबीच जस्ताे सहमति हुन्छ त्यही अनुसार हामीलाई निर्देशन आउला, माओवादी संसदीय दलका नेता चुमानले भने– केन्द्रकाे निर्देशन अनुसार नै संसदीय दलकाे बैठक बस्छाैं र निर्णय गर्छाैं ।

मुख्यमन्त्री पाण्डे भने पार्टी भित्रका गुट र विभिन्न नेताकाे दवावमा परेका छन् । कांग्रेसका २७ सांसद मध्ये १० भन्दा बढी सांसदकाे मन्त्री बन्न चर्काे दवाव छ । त्याे दवाव झेल्नु भन्दा केन्द्रले जुन जुन मन्त्रालयमा जाे जसलाई बनाउन भन्छ उसैले बनाउने मुडमा मुख्यमन्त्री छन् ।

तपाईको प्रतिक्रिया