पाेखरा शितलदेवीबाट महिला बेपत्ता
समाधान संवाददाता
२०८० वैशाख १७ गते ११:५९

पोखरा ।
पोखरा १२ शितलदेवीबाट एक जना महिला हराएकी छन् । २९ वर्षिय तारा सुनार गत सोमबार देखि सम्पर्कविहीन भएकी हुन् ।
वैशाख ११ गते उपचारका लागि बिजी हस्पिटलमा आएको बेला हराएको उनकी बहिनी रविना सुनारले जानकारी दिइन् ।
सम्पर्कविहीन भएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा फोटासहित निवेदन दिएको उनले बताइन् ।
प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले खोजी जारी रहेको बताएका छन् । सबै प्रहरी कार्यालयमा निवेदन सहित पत्राचार गरिएको उनको भनाइ छ ।
बागलुङ गलकोट १० की तारा पोखरा १ बगरमा बहिनी रविनासँग बस्दै आएकी छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया