पाेखरा शितलदेवीबाट महिला बेपत्ता
समाधान संवाददाता
२०८० वैशाख १७ गते ११:५९

पोखरा ।
पोखरा १२ शितलदेवीबाट एक जना महिला हराएकी छन् । २९ वर्षिय तारा सुनार गत सोमबार देखि सम्पर्कविहीन भएकी हुन् ।
वैशाख ११ गते उपचारका लागि बिजी हस्पिटलमा आएको बेला हराएको उनकी बहिनी रविना सुनारले जानकारी दिइन् ।
सम्पर्कविहीन भएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा फोटासहित निवेदन दिएको उनले बताइन् ।
प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले खोजी जारी रहेको बताएका छन् । सबै प्रहरी कार्यालयमा निवेदन सहित पत्राचार गरिएको उनको भनाइ छ ।
बागलुङ गलकोट १० की तारा पोखरा १ बगरमा बहिनी रविनासँग बस्दै आएकी छन् ।
सम्बन्धित







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया