सिटी रेवानमा शुभकामना

समाधान संवाददाता २०८० वैशाख १७ गते १२:४९

पोखरा ।
पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसियसन (सिटी रेवान) जिल्ला कार्यसमिति कास्कीले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।

कार्यक्रममा संस्थाले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्तेपात्रोसमेत सार्वजनिक गरिएको छ । संस्थाका संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुन नसकेको अवस्थामा होटल, तथा रेस्टुरेन्ट व्यवसाय फस्टाउन नसकेको बताए ।

उनले व्यावसायिक हकहितका अलवा संस्थागत विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे ।

Advertisement

कार्यक्रममा संस्थाका सल्लाहकार यामबहादुर गुरुङ, पूर्व अध्यक्ष तथा सल्लाहकार केपी शर्मा पाध्ये, सल्लाहकारहरु पार्वती जिसी र ध्रुवबन्धु सुवेदीले वर्तमान कठिन अवस्थामा व्यवसायीबीच सहयोग आदानप्रदानमा जोड दिए ।

संस्थाका अध्यक्ष दीपक तिमिल्सिना र प्रथम उपाध्यक्ष तथा भित्तेपात्रो प्रकाशन समितिका संयोजक तुलसी क्षत्रीले भित्तेपात्रो प्रकाशनमा सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।

Advertisement

तपाईको प्रतिक्रिया