महावीर पुन र सरकारबीच वार्ता सुरु

समाधान संवाददाता २०८० वैशाख १७ गते १४:२१

पोखरा ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका महावीर पुनसँग सरकारले वार्ता सुरू गरेको छ । पुनसहित उनको टोलीसँग उपप्रधानमन्त्री खड्का, रक्षामन्त्री तथा कानून मन्त्री पूर्णबहादुर खड्का र पुनसहित उनको टोलीबीच आइतबार दिउँसो रक्षा मन्त्रालयमा वार्ता भएको छ ।

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना सुरु गरेका थिए ।
महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया