फुर्सेखाेलामा पौडी खेल्दा डुबेर मृत्यु
समाधान संवाददाता
२०८० वैशाख १७ गते १७:४८

पोखरा ।
पोखरामा पौडी खेल्न क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १५ नयाँगाउँका १५ वर्षीय रोनिष गुरुङको खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार मृत्यु भएको हो ।
प्रहरीका अनुसार शनिबार दिउँसो साढे ३ बजेतिर पोखरा १७ पावरहाउस स्थित फुर्सेखोलामा पौडी खेल्दा उनी डुबेर बेपत्ता भएका थिए ।
उद्धार टोलीले गुरुङलाई खोलाबाट निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा उद्धार टोली खटेको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया