छात्रवृत्ति छनोट परीक्षा
समाधान संवाददाता
२०८० वैशाख १८ गते १३:०७

पोखरा ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८० क लागि पहिलो चरणको छात्रवृत्ति छनोट परीक्षा लिएको छ । शनिबार भएको परीक्षामा कास्की, स्याङ्जा र पर्वतका सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत ३६ तमु विद्यार्थी सहभागी भएका भए ।
लिखित र मौखिक परीक्षामा उत्कृष्टताका आधारमा विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिने संस्थाका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए ।
२१ जिल्लालाई समेटेर छात्रवृत्ति वितरण गरिरहेको यस संस्थाले यसपछि चितवन, नवलपरासी, नवलपुर, रुपन्देही, तनहुँ, लमजुङ, गोर्खा लगायतका जिल्लामा पनि छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गर्ने छात्रवृत्ति छनोट उपसमिति संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया