लेकसाइडमा गजलवाचन

समाधान संवाददाता २०८० वैशाख १८ गते १३:२१

पोखरा ।
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको लेकसाइड मदिरा व्यवसायी समितिले विशेष गजलवाचनसहित नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक गरकेो छ । कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी र लेकसाइड मदिरा व्यवसायी समिति अध्यक्ष रोशन देवकोटाले भित्तेपात्रो सार्वजनिक गरे ।

कास्कीका जिल्ला समन्वय अधिकारी बरालले राम्रो व्यावसायिक वातावरणका लागि कानुन र आचारसंहिता आवश्यक हुने बताए । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक जोशीले पर्यटकीय क्षेत्र लेकसाइडसँग सुरक्षाका धेरै कुरा जोडिने भएकाले जिम्मेवार बनी व्यवसाय गर्न आग्रह गरे ।

कार्यक्रममा नवराज बराल, नवराज बराल (निशान्त), धुव्र बराल (विपश्वी), गजलकार अमृता पोखरेल लगायतले गलज प्रस्तुत गरेका थिए । लेकसाइड मदिरा व्यवसायी समिति अध्यक्ष रोशन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष दिनदयाल पाण्डे र सहसचिव बालहरि बरालले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया