लेकसाइडमा गजलवाचन

पोखरा ।
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको लेकसाइड मदिरा व्यवसायी समितिले विशेष गजलवाचनसहित नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक गरकेो छ । कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी र लेकसाइड मदिरा व्यवसायी समिति अध्यक्ष रोशन देवकोटाले भित्तेपात्रो सार्वजनिक गरे ।
कास्कीका जिल्ला समन्वय अधिकारी बरालले राम्रो व्यावसायिक वातावरणका लागि कानुन र आचारसंहिता आवश्यक हुने बताए । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक जोशीले पर्यटकीय क्षेत्र लेकसाइडसँग सुरक्षाका धेरै कुरा जोडिने भएकाले जिम्मेवार बनी व्यवसाय गर्न आग्रह गरे ।
कार्यक्रममा नवराज बराल, नवराज बराल (निशान्त), धुव्र बराल (विपश्वी), गजलकार अमृता पोखरेल लगायतले गलज प्रस्तुत गरेका थिए । लेकसाइड मदिरा व्यवसायी समिति अध्यक्ष रोशन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष दिनदयाल पाण्डे र सहसचिव बालहरि बरालले पनि बोलेका थिए ।







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया