पाल्पाली समाजको पात्रो

समाधान संवाददाता २०८० वैशाख १८ गते १३:२२

पोखरा ।
पाल्पाली समाज पोखराले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान गरेको छ । समारोहमा समाजले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरिएको छ ।

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा समाजका पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठले समाजले आवद्ध सदस्यको हकहितका अलवा पर्यटकीय प्रवद्र्धनको क्षेत्रमा काम गरेको बताए । उनले समाजका सदस्यको एकतामा शक्ति हुने उल्लेख गरे ।

कार्यक्रममा सल्लाहकार संयोजक जनपुकार मुनकर्मी, सल्लाहकार एवं पूर्व अध्यक्ष ताराप्रसाद पोखरेल, सशस्त्र प्रहरी बल कालिका गणका प्रहरी नायब उपरीक्षक(डिएसपी) उपेन्द्र बस्याल लगायतले बोलेका थिए ।

Advertisement

समाजका नवनिर्वाचित अध्यक्ष बालचन्द्र परियारले आफ्नो कार्यकाल सिर्जनशील बनाउने वाचा गरे । भित्तेपात्रो प्रकाशन समितिका संयोजक एवं प्रथम उपाध्यक्ष श्रीधर पराजुली, द्वितीय उपाध्यक्ष केशव नेपाल, महासचिव सञ्जय आत्रेयले कार्यक्रममा बोलेका थिए ।

समाजको २० औं साधारणसधा तथा ११ औं अधिवेशनबाट निर्वाचित २७ सदस्यीय कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । अध्यक्ष परियारले पदभार ग्रहण गरे । उनलाई निवर्तमान अध्यक्ष रेशम रचक थापाले माइन्युट बुझाए ।

Advertisement

सो अवसरमा सशस्त्रका डिएसपी उपेन्द्र बस्याल र इन्स्पेक्टर उमेश ढकाललाई स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया