लखन सहकारीमा तालिम

पोखरा ।
लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १० रामघाटले पोखरा–२७, तालचोकमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम आयोजना गरेको छ ।
आफ्ना सेयर सदस्यका लागि शनिबार आयोजित तालिममा करिब सय जना सहभागी थिए । तालिममा सहकारीको शिक्षा उपसमितिका संयोजक रूद्रबहादुर श्रीसले सहजीकरण गरे ।
पोखरा २७ की वडा महिला सदस्य बुद्धिमाया थापाले अहिलेको समयमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता अपरिहार्य रहेको बताइन् । वित्तीय ज्ञानको अभावमा विभिन्न समस्यामा पर्ने गरेको भन्दै उनले सहकारीका माध्यमबाट उद्यमी बन्ने अवसर प्राप्त गर्न सकिने धारणा राखिन् ।
सहकारीका अध्यक्ष पूर्णबहादुर रानाले सेयर सदस्यको सशक्तीकरणका लागि वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको बताए । सहकारी शिक्षाले बचत गर्ने बानीको विकास हुने भन्दै उनले आजको बचतले भोलिको समस्या टार्न सकिने भनाइ राखे ।
सहकारी संस्थाका सचिव डिलबहादुर श्रीसले सहकारीका सात सिद्धान्त, ऐन, कानुन अनुसार सहकारी सञ्चालन भए कुनै किसिमको समस्या भोग्न नपर्ने जनाए ।
उनले सञ्चालक र सहकारीकर्मी सहकारीको मूल्य, मान्यता र मर्म अनुसार चल्नुपर्नेमा जोड दिए । सेयर सदस्य सुबेदार दिनबहादुर रानाले वित्तीय ज्ञान र जानकारीविना सही तरिकाले आर्थिक क्रियाकलाप सञ्चालन गर्न बताए ।
तपाईको प्रतिक्रिया