पाठ्यक्रम र पाठ्यपुस्तकबारे तालिम

समाधान संवाददाता २०८० वैशाख १८ गते १५:२९

पोखरा ।
नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा विद्यालय तहका कक्षा ५, ८ र १० को परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रही नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकालाई प्रबोधीकरण गराइएको छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा प्रवोधीकरण गराइएको हो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले नेपाली भाषा शिक्षक परिषद्ले समय समयमा शिक्षकको पेसागत अभिवृद्धि, भाषा विकास र विद्यार्थी लक्षित कार्यक्रमका माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी बनाउन योगदान पुर्‍याएको बताए ।

प्रबोधीकरणले शिक्षण सिकाइलाई सहज एवम् प्रभावकारी बनाउन योगदान पु¥याउने उनको भनाइ छ । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तक अध्यापन गराउनका लागि प्रबोधीकरण आवश्यक महसुस गर्दै कार्यक्रम आयोजना गरिएको बताए ।

Advertisement

परिषद्का सल्लाहकार एवम् संस्थापक अध्यक्ष माधवशरण उपाध्याय, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, कुमुदिनी होम्स माध्यमिक विद्यालयका संस्थापक निर्देशक अशोक पालिखे, वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल, महासचिव शिवहरि सुवेदी, सचिव नारायणप्रसाद पराजुली लगायतले प्रबोधीकरणले शिक्षणसिकाइको गुणस्तरीयता अभिवृद्धिमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कास्कीका विभिन्न विद्यालयमा अध्यापनरत २ सयभन्दा बढी शिक्षक सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया