पोखरा गौशालामा प्रवचन

समाधान संवाददाता २०८० वैशाख १८ गते १६:५६

पोखरा ।
पोखरा गौशालामा गाई र गण्य तथा आध्यात्मिक एवम वैज्ञानिक महत्वका विषयमा प्रवचन भएको छ । शनिबार भएको प्रवचन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले गाईको सेवा गर्नु नै सत्य कर्मको फल रहेको बताए ।

गौशलामा सहयोग पुर्याएकोमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई कुँवरले धन्यवाद दिए । गौशलालाई सहयोग गर्ने उनले प्रतिवद्ध गरे ।

ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय परिश्चम नेपालकी निर्देशन ब्रहमाकुमारी परिणीता दिदीले गाईको महत्व र संरक्षणमा जोड दिइन् । मानव सेवा जस्तै गौसेवा पनि आवश्यकता रहेको उनले बताइन् ।

Advertisement

नरेन्द्र हमालले गण्यको प्रयोगबाट विभिन्न रोग निको पार्न सकिने विचार राखेका थिए । गाईलाई खुसी बनाएमा मनोकामना पुरा हुने जनविश्वास रहेको उनले सुनाए ।

गाईलाई हात छुँदा डिप्रेसन र प्रेसर ठिक हुने संस्थाका परिकल्पनाकार नरेन्द्र कुँवरको भनाइ थियो । गाईको गहुत स्वास्थ्यको लागि फाइदाजनक रहेको उनले औंल्याए ।

Advertisement

वडा नम्बर १५ का वडासदस्य आशिष भण्डारीले पोखरा गौशला वडाले सहयोग गर्ने बताए । विश्व हिन्दु महासंघ केन्द्रीय उपाध्यक्ष पार्वता पौडलले पोखरामा दुःख पाएका गाई बचाउन विश्व हिन्दु महासंघले विशेष कदम उठाउने जनाइन् ।

तपाईको प्रतिक्रिया