जिफन्टले मनायो मजदूर दिवस

समाधान संवाददाता २०८० वैशाख १९ गते १०:५०

पोखरा ।
१ सय ३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल टे«ेड युनियन महासंघ (जिफन्ट)गण्डकी प्रदेश कमिटीले सोमबार सचेतनामूलक ¥याली निकालेको छ ।


पोखरा बसपार्कमा रहेको जिफन्टको कार्यालयबाट सुरु भएको ¥याली पृथ्वीचोक, सभागृहचोक सिर्जनाचोक हुँदै पृथ्वीचोकमा फर्केर सभामा परिणत भएको छ ।


कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज पद्मा अर्यालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले २०७५ साउन १ गते ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनको लागि पहल गर्ने बताइन् । उनले ज्येष्ठ नागरिकलाई भत्ता लगायत सबै सामाजिक सुरक्षाका कार्यक्रम एमालेको पहलमा ल्याएको उल्लेख गरिन् ।

Advertisement


‘श्रमको सम्मान गर्न र रोजगारीको सिर्जना गर्न पार्टीले पहल गरेको छ,’ उनले भनिन्, ‘मजदूरको सामाजिक मर्यादा कायम गर्न श्रमिकका मुद्दालाई सम्बोधन गर्न पार्टी तयार छ ।’ उनले श्रमिकका सबै माग प्रति एक्यबद्धता प्रकट गरिन् ।


पार्टीका स्थायी समितिका सदस्य तथा संगठन विभागका प्रमुख खगराज अधिकारीले जिफन्टले उठाएका सबै सवाल तथा माग जायज भएको बताए । उनले सबै मागलाई पूरा गराउन सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement


कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले प्रतिपक्षी दलको हैसियतले श्रम ऐन संशोधनको लागि पहल गर्न माग गरे । उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गरे । उनले प्रदेशका हरेक पालिकामा श्रमिकको अभिलेखिकरण गर्न श्रम डेस्कको स्थापना गर्नसमेत माग गरे ।


कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी उपाध्यक्ष तथा जनसंगठन संयन्त्रका प्रमुख मोहन रेग्मी, पार्टीका जिल्ला कमिटी कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, जिफन्ट प्रदेश कमिटी सचिव राजेन्द्र पौडेल, उपसचिव तथा महिला कमिटी अध्यक्ष संगीता पाण्डे, भूमि अधिकार तथा श्रमिक संगठन गण्डकी प्रदेशका अध्यक्ष प्रेम गुरुङ लगायतले श्रमिक दिवसका बारेमा बोलेका थिए ।


‘हाम्रो अधिकार खोसिदैछन्, संगठित होऔं, प्रशिक्षित होऔं, अधिकारका लागि हस्तक्षेप गरौं’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस सोमबार मनाइएको हो । कार्यक्रममा जिफन्टको श्रमिक एक्याबद्धता कोषबाट श्रमिक बलबहादुर थापालाई ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया