दिनेशको नयाँ कृति बजारमा
समाधान संवाददाता
२०८० वैशाख २७ गते १७:४१

पोखरा ।
साहित्यकार दिनेश बस्नेतको बालकविता सञ्चयन ‘गाउँको बाटो’ बजारमा आएको छ । कोपिला किताब काठमाडौंले प्रकाशन गरेको कृतिमा १९ कविता संगृहित छन् ।
कृतिका कवितामा चित्रांकन कलाकार पल्पसा मानन्धरले गरेकी छन् । किताबको मूल्य ३ सय रुपैयाँ छ । पोखरा २० भलामका बस्नेतको यो पाँचौ कृति हो ।
यसअघि उनका देशको माया बालकथा संग्रह, बिचरा शान्ति कथासंग्रह, बुुवासँग कथासंग्रह र देश सम्झिएर बाल कथा संग्रह प्रकाशित छन् । कवि बस्नेतले यो कृतिले गाउँका सम्पदा, व्यवहार, संस्कृति र नेपालीपन बालबालिकालाई सिकाउन मद्दत गर्ने बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया