लेखनाथको स्मृतिमा कविता प्रतियोगिता

समाधान संवाददाता २०८० जेठ १ गते १३:२०

लेखनाथ ।
कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा उनको जन्मस्थान अर्घाैअर्चलेमा कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा दैलेखका दीपिन सिजापजी प्रथम बने ।

२ सय ५१ जना प्रतिश्पर्धीमध्ये विभिन्न चरणको छनोट भएका १७ जना छानिएका थिए । बुटवलका गोपालप्रसाद आचार्य दोस्रो, कपिलवस्तुकी जोशिका कँडेल तेस्रो र नुवाकोटका एलिसा एकलास सान्त्वना बने ।

प्रदीप ढुंगाना, सुरज पराजुली, यमुना न्यौपाने, सरला क्षेत्री, अनन्त पाण्डे, सुजाता बस्याल, नवराज न्यौपाने, जनक कार्की, विजय तामाङ, स्मिता श्रेष्ठ र खेमराज शर्माले प्रतिस्पर्धीका रुपमा र थप केहीले अप्रतियोगी कविता सुनाएका थिए ।

Advertisement

पोखरा महानगरपालिका र लेखनाथ साहित्य प्रतिष्ठानको आयोजना तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली साहित्यको श्रीवृद्धिका लागि राज्यले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

लेखनाथ साहित्य प्रतिष्ठानका उपाध्यक्ष छवि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची र कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति अध्यक्ष गोपी पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया