डिज्नील्यान्डमा बाल क्लब र जुरेस गठन

समाधान संवाददाता २०८० जेठ ३ गते १२:३१

पोखरा ।
निर्वाचनको अभ्यास गराउँदै डिज्नील्यान्ड एकेडेमीमा शैक्षिक सत्र २०८० का लागि नेपाल जुनियर रेडक्रस सर्कल र डिज्नील्यान्ड बाल क्लवको नेतृत्व चयन गरिएको छ । कक्षा ६ देखि १० सम्मका १ सय ८५ विद्यार्थीलाई समेटेर मतदान प्रक्रियामार्फत नै नयाँ नेतृत्व चयन गरेको प्रचार्य नरेशप्रसाद बरालले बताए ।

दुवै निर्वाचनमा १ सय ८० विद्यार्थीले मतदान गरे भने ५ जना अनुपस्थित रहे । नेपाल जुनियर रेडक्रस सर्कलतर्फ ७१ मत प्राप्त गर्दै कक्षा ९ की छात्रा आस्था पौडेल सभापतिमा निर्वाचित भइन् । उनका निकटम प्रतिस्पर्धी कक्षा ९ कै वर्षा सुनारले ४५ र श्रेया पोख्रेलले ६२ मत पाए ।

उपसभापतिमा श्रीपर्ना सुवेदीलाई ३ मतान्तरले पछि पादै कक्षा ८ का अनुकल्प नेपाली ७२ मत ल्याएर निर्वाचित भए । सचिवमा कक्षा ८ का प्रज्वल पराजुली ८६ मत प्राप्त गर्दै चुनिए । कोषाध्यक्षमा अंकित खड्का, सहसचिवमा संस्कार बराल निर्वाचित भए । सदस्यमा सागरराज पौडेल, विनम्र अधिकारी, स्निती सुवेदी, आवास पौडेल, विदान्त सिग्देल र इसान लम्साल निर्वाचित भएका छन् ।

Advertisement

डिज्नील्यान्ड बाल क्लबको अध्यक्षमा ८६ मत प्राप्त गर्दै कक्षा ९ का मयक अधिकारी निर्वाचित भए । उपाध्यक्षमा कक्षा ८ का शिरिष पौडेल, सचिव कक्षा ९ का सुजल भण्डारी, कोषाध्यक्ष कक्षा ७ की जानवी सुवेदी, सहसचिव कक्षा ८ की प्राप्ति पौडेल छानिए । सदस्यमा प्राश्ना पौडेल, अनिष ढुंगाना, अद्युत अधिकारी, किशा श्रेष्ठ, हिमेश बराल र क्रिसिका पहारी निर्वाचित भएका छन् ।

१ हप्तापहिले देखि नै विभिन्न पदमा उम्मेदवारी प्रस्तुत गरेका विद्यार्थीलाई प्रचारप्रसारको समय, मतदातालाई मतदान शिक्षा र प्रक्रियाको बारेमा शिक्षा प्रदान गरेको अतिरिक्त क्रियाकलाप प्रमुख प्रेम गिरीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया