मदरल्यान्ड माविमा क्याप्टेन चुन्न मतदान

समाधान संवाददाता २०८० जेठ ३ गते १५:००

पोखरा ।
पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयमा सोमबार निर्वाचनबाट क्याप्टेन छनोट गरिएको छ । नेपालमा प्रचलित निर्वाचन प्रणालीका बारेमा विद्यार्थीलाई ज्ञान दिने लक्ष्य राखेर सामाजिक अध्ययन विभागले निर्वाचन गराएको हो ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थी मतदाता तथा उमेदवार बनेका थिए । विद्यालय तहमा क्याप्टेन छान्न स्कुलमा पहिलो अभ्यास भएको विभागीय प्रमुख गुरुदत्त दवाडीले बताए । १० दिन अघिदेखि यसको तयारीमा मतदाता नामावली, मतपत्र, विद्यार्थीको कक्षागत र स्कुल क्याप्टेनका उमेदवारको तयारी गरिएको थियो ।

परिचयपत्र निर्माण, निर्वाचन अभियानमार्फत मत माग्दै कक्षागत रूपमा विद्यार्थी आफैँले प्रचारप्रसार गरेका थिए । कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन शर्मा, १० जोड २ इन्चार्ज नारायण आचार्य, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपाने लगायतले विद्यार्थीमा यस्तो अभ्यास हुनु सराहनीय भएको बताएका थिए ।

Advertisement

२ दिनसम्म चलेको निर्वाचन प्रणालीमा अघिल्लो दिन सोमबार कक्षा ७ तदेखि १० सम्मका विद्यार्थीले मतदान गरेका थिए ।

मंगलबार कक्षा ४ देखि ६ सम्मका विद्यार्थीले मतदान गरेका थिए । निर्वाचनका लागि आवश्यक सामग्री मपपेटिका, स्वस्तिक छाप, गोप्य मतदान बार आदि प्रदेश निर्वाचन आयोगको कार्यालयबाट प्राप्त भएको थियो ।

Advertisement

सामाजिक विभागका सदस्य सुनील सुवाल प्रमुअ निर्वाचन आयुक्त र विभागीय प्रमुख गुरुदत्त दवाडी प्रमुख पर्यवेक्षक थिए ।

प्रदेश निर्वाचन आयोग गण्डकी प्रदेशका प्रमुख निर्वाचन अधिकारी हुमनाथ पराजुलीले विद्यार्थीलाई आफ्नो अनुभव तथा नेपालमा हुने निर्वाचन प्रणालीका बारेमा अवगत राएका ।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत विद्यार्थीले कक्षा क्याप्टेनलाई मतदान गरेका थिए भने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत तहगत स्कुल क्याप्टेनलाई विद्यार्थीले मतदान गरेका थिए ।

निर्वाचन समाप्त भएलगत्तै गोप्य रूपमा मतगणना गरी कक्षा क्याप्टेन र स्कुल क्याप्टेनको नतिजा विद्यालयमा सार्वजनिक गरिने निर्वाचन अधिकृत तथा सामाजिक अध्ययन विभागका सदस्य शिक्षक आनन्द शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया