लिंकन कलेजमा एमबिए सुरु

समाधान संवाददाता २०८० जेठ ४ गते १२:१६

पोखरा ।
पोखरा ८ सिमलचौर स्थित पोखरा लिंकन इन्टरनेसनल कलेजमा एमबिए कक्षा सञ्चालन भएको छ । २०१२ बाट मलेसियाको लिंकन युनिभर्सिटीको सम्बन्धन प्राप्त गरी बिबिए र बिएचएमका चलाएको लिंकनले अहिले एमबिए सुरु गरेको हो ।

प्रथम ब्याचको प्रारम्भमा अभिमुखीकरण कार्यक्रम आयोजन गरिएको छ । लिंकनका अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा यादव शर्मा गौडेलले लिंकनले निजी स्तरबाट प्रदान गरेको शिक्षालाई अवसरको रुपमा लिन आग्रह गरे । कलेजकी प्राचार्य पम्फा गुरुङले संस्था स्थापनाको ऐतिहासिक पक्षबारे प्रकाश पार्दै लगनशील भएर अध्ययन गर्न आग्रह गरिन् ।

डा देवीलाल शर्मा तिमिल्सिनाले व्यवस्थापन संकायको अध्ययन निकै चुनौतिपूर्ण रहेको भन्दै उपाधि हाँसिल गर्नुभन्दा पनि व्यवहारिक सीप हासिल गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा डा भावना पोखरेल, अच्यूत पौडेल, संस्थाका चिफ एकेडेमिक अफिसर अनिलकुमार अर्याल लगायतले बोलेका थिए ।

Advertisement

विस २०३९ मा पोखरा १ बगरबाट लिटिल स्टेपको नाममा लिंकनको यात्रा सुरु भएको थियो । २०५५ र २०५६ सालमा क्रमशः विज्ञान र व्यवस्थापन विषयमा प्लस २ कक्षा सुरु गरेको यस कलेजले २०६४ मा होटल म्यानेजमेन्टका कक्षा चलाएको हो । यी सबै कार्यक्रम मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त हुन् । यी कार्यक्रम त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त र नेपाल सरकारको शिक्षा मन्त्रालयबाट स्वीकृत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया