भजनबाट आर्वाको चिनारी
समाधान संवाददाता
२०८० जेठ ५ गते ११:३६

पोखरा ।
लोक भजन संग्रह ‘आर्वा गाउँको चिनारी’ बजारमा आएको छ । आर्वा अमलाचौरका सुरेन्द्रराज बरालको प्रस्तुतिमा बजारमा आएको भजनमा सुरेन्द्रराज बराल, कृष्णप्रसाद गौतम, अञ्जु रसाइली र मनु अधिकारीले स्वर भरेका छन् ।
लेखन, तथा निर्माण सुरेन्द्रराजले गरेको म्युजिक भिडियो निर्देशन कृष्णप्रसाद गौतमले गरेका छन् भने राधाकृष्ण बरालले भिडियो खिचेका हुन् । यसमा आर्वाका धार्मिक स्थललाई जोड दिइएको छ ।
पोखरादेखि आर्वा कसरी पुग्ने, त्यहाँका पर्यटकीय तथा धार्मिक मठ मन्दिर कहाँ कहाँ छन् जस्ता विषय यसमा समेटिएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया