रुपा गाउँपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा

पोखरा ।
रुपा गाउँपालिका पूर्ण खोप सुनिश्चिता दिगोपना घोषणा भएको छ । पालिका भित्रका ५ सय २४ जना बालबालिकाले खोप लगाएपछि गाउँपालिका अध्यक्ष नवराज ओझाले प्रतिवद्धता पत्र पढेर पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।
खोपको पहुँचबाट कोही पनि बच्चा नछुटुन् भनेर स्वास्थ्यकर्मीलाई घरमै पठाएर सेवा दिइएको अध्यक्ष ओझाले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यलय प्रमुख वद्रिनाथ आचार्य, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निर्देशक विष्णु सुवेदी, चिकित्सा महाशाखा प्रमुख रमेशकुमार श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बालबालिकाको विभिन्न कारणले हुने मृत्युदर घटाउन कार्यक्रम कोशेढुंगा सावित हुने बताए ।
सबै बच्चालाई नियमित खोप लगाउनेछाैं भनेर अभिभावकले प्रतिवद्ध गरेका थिए । वाजागाजा सहित महिला स्वास्थ्य स्वयंसेविका, आमासमुह युवाक्लव जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी लगायत सहभागी थिए ।
कार्यक्रममा उपाध्यक्ष लालसुब्बा गुरुङ, रामचन्द्र ओझाले पनि बोलेका थिए । पालिकाका सबै वडा घोषणा भएपछि पालिकालाई घोषणा गरिएको हो ।
तपाईको प्रतिक्रिया