मुस्ताङका पालिकालाई पौने ९५ करोड

सुन्दरकुमार थकाली २०८० जेठ १८ गते १७:०६

जोमसोम ।
मुस्ताङका ५ स्थानीय तहलाई संघीय बजेटमार्फत ९४ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ । संघीय सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा मुस्ताङका ५ स्थानीय तहलाई उक्तमात्राको बजेट विनियोजन गरिएको हो ।

अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत विभिन्न शीर्षकमा सो बजेट छुट्याएको हो ।

मुस्ताङका स्थानीय तहलाई विनियोजन गरिएको कुल बजेटमध्ये चालुतर्फ ७५ करोड २२ लाख रुपैयाँ छ ।

Advertisement

पुँजीगततर्फ १९ करोड ५६ लाख छ ।

चालु वर्षको तुलनामा मुस्ताङका स्थानीय तहलाई १ करोड १ लाख बजेट घटेको छ

Advertisement

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा मुस्ताङको घरपझोङ गाउँपालिकालाई २० करोड ९० लाख, थासाङलाई १८ करोड ९४ लाख, लोघेकर दामोदरकुण्डलाई १६ करोड ३ लाख, लोमान्थाङलाई १७ करोड ९५ लाख र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकालाई १७ करोड ९६ लाख बजेट विनियोजन भएको हो ।

घरपझोङलाई चालुतर्फ १६ करोड ७२ लाख र पुँजीगततर्फ ४ करोड १८ लाख, थासाङलाई चालुतर्फ १८ करोड ३२ लाख र पुँजीगततर्फ ३ करोड ६२ लाख, लोघेकरलाई चालुमा ११ करोड ९१ लाख र पुँजीगतमा ४ करोड १२ लाख, लोमान्थाङमा चालुतर्फ १३ करोड ६४ लाख र पुँजीगततर्फ ४ करोड ३१ लाख र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकालाई चालुतर्फ १४ करोड ६३ लाख र पुँजीगततर्फ ३ करोड ३३ लाख बजेट छुट्याइएको हो ।

संघीय सरकारले आर्थिक वर्ष २०७९÷०८० मा ९३ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु वर्षको तुलनामा मुस्ताङका स्थानीय तहलाई १ करोड १ लाख बजेट घटेको छ । त्यसबेला चालुतर्फ ७९ करोड ३ लाख र पुँजीगततर्फ १४ करोड ७४ लाख बजेट विनियोजन गरिएको थियो ।

चालु वर्ष ५ तहलाई चालुतर्फ ३ करोड ८१ लाख बजेट घटाइएको छ । पुँजीगततर्फ ४ करोड ८२ लाख रुपैयाँ बजेट बढेको छ । चालु वर्षको तुलनामा लोघेकरको पुँजीगत बजेट शून्य दशमलव ४४ प्रतिशत घटेको छ । बाँकी सबै स्थानीय तहको पुँजीगत बढेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया