युवा संघ पोखराको अध्यक्षमा गुरुङ

समाधान संवाददाता २०८० जेठ २० गते १३:५२

पोखरा ।
रास्ट्रिय युवा संघ नेपाल पोखराको शुक्रबार प्रथम अधिवेशन भएको छ । अधिवेशनले प्रदिप गुरुङको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।

संघको उपाध्यक्षमा प्रकाश देवकोटा, सचिवमा आविश्कार तिमील्सेना, सहसचिवमा श्रीकृष्ण पराजुली, सहसचिवमा अलिषा गौतम र कोषाध्यक्षमा सन्दिप अधिकारी रहेका छन् ।

संगठनका सह ईन्चार्ज किरण पौडेले अधिवेशनको उद्घाटन गरेका थिए । पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज कृष्ण थापा, संघका केन्द्रिय उपमहासचिव महेन्द्र गुरुङ, केन्द्रिय सदस्य सुवास सापकोटा, कास्कीका अध्यक्ष पानबहादुर जिसी, पोखरा महानगरका अध्यक्ष शंकर भण्डारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया