वक्तृत्वकलामा सुप्रिया प्रथम

समाधान संवाददाता २०८० जेठ २१ गते १६:२४

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १ को आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा सुप्रिया मानन्धर प्रथम भएकी छन् ।

वडाभित्र रहेका १६ टोल विकास संस्थाका १० देखि १६ वर्ष उमेर समूहमा बालबालिकाबीच ‘विद्यार्थी जीवनमा अनुशासनको महत्व’ बिषयक वक्तृत्वकला प्रतियोगिता भएको हो ।

भीमबजार क टोल विकास संस्थाकी सुप्रिया प्रथम बनेकी हुन् । अधिकारी टोल विकास संस्थाका प्रशून अधिकारी द्वितीय, मोहोरिया सिंहनाथ टोल विकास संस्थाका विश्वास तिमिल्सिना तृतीय र भीमकालीपाटन टोल विकास संस्थाका रोजन सुनार सान्त्वना बने ।

Advertisement

विजयी प्रतियोगीलाई सम्मान पत्र, दोसल्ला तथा नगद पुरस्कार प्रदान गरिएको थियो । पोखरा १ का वडा सदस्य शोभा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष सहारा प्रधानले बालबालिकाको विकासमा नै देशको विकास निर्भर हुने उल्लेख गरे ।

प्रतियोगिताको निर्णायक मण्डलका संयोजकमा संस्कृत माविका व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद अधिकारी र सदस्यमा राष्ट्रिय माविका शिक्षक शिवभक्त देवकोटा र रत्ना आधारभूतकी शिक्षका भगवती बन्जरा तिमिल्सिना थिए ।

Advertisement

१५ बालबालिका प्रतियोगी रहेको कार्यक्रममा पोखरा १ बाल संरक्षण समिति सदस्य सुरेशकुमार मानन्धर र वडाकी कर्मचारी अप्सरा भण्डारीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया