एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतकमा गोविन्द

समाधान संवाददाता २०८० जेठ २३ गते १०:४७

पोखरा ।

नेकपा एमाले गण्डकी प्रदेशको प्रमुख सचेतकमा बागलुङका गोविन्दबहादुर नेपाली मनोनीत भएका छन् ।

संसदीय दलका नेता खगराज अधिकारीले नेपालीलाई सोमबार प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।

Advertisement

यसअघि नवलपुरका रोशनबहादुर गाहा थापा प्रमुख सचेतक थिए । उनी मन्त्री भएपछि उक्त पद खाली थियो । सो पदमा समानुपातिक सांसद नेपाली मनोनीत भएका हुन् ।

प्रदेशसभा सदस्य नेपाली गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार थिए ।

Advertisement

तपाईको प्रतिक्रिया