चालक, सहचालकलाई प्रशिक्षण

समाधान संवाददाता २०८० जेठ २३ गते १५:०९

पोखराल ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभीए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।


पर्यटक यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यका साथ संघसँग आवद्ध १ सय २० जना चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । संघसँग पर्यटक स्तरीय लगभग ४ सय पर्यटक सवारीसाधन रहेको बताउँदै उनले वार्षिक कार्ययोजना अनुरुप नै प्रशिक्षण दिइएको सुनाए ।


पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकको आतिथ्यतामा चालक तथा सहचालकको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । चालक तथा सहचालकले गर्ने व्यवहारले पर्यटकमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै उनले सभ्य तथा शिष्ट व्यवहार गर्नुपर्नेमा जोड दिए ।

Advertisement


आतिथ्यता व्यवस्थापनबारे संघका पूर्व अध्यक्ष बोबरजंग गुरुङले प्रशिक्षण दिए । उनले बोल्ने बोली र गर्ने व्यवहारले सभ्यताको संकेत गर्ने जनाए । संघका अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमा प्रथम उपाध्यक्ष दुर्गादत्त दहाल, महासचिव विकासप्रसाद कँंडेल, अग्नि ग्रुपका प्रमुख रामेश्वर महर्जन, बजार प्रमुख राजेश रानाभाट, बतास बर्दस (युडिआर) प्रमुख विनोद पोते र प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले प्रशिक्षण दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया