एमालेमा हट्यो ७० वर्षे उमेर हद

समाधान संवाददाता २०८० जेठ २४ गते ११:२२

काठमाडौं ।
नेकपा (एमाले)ले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाएको छ । जेठ १९ गते बसेको सचिवालय बैठकले दसौँ महाधिवेशनको विधान सम्मेलनले पारित गरेको कार्यकारिणी कमिटीमा लाग्ने उमेर हद हटाउने निर्णय लिएको हो ।


एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी/सदस्यमा निर्वाचित/मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ । ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान राखिएको छ ।


त्यसलाई हटाउने र पारित गर्न विधान महाधिवेशनमा प्रस्ताव लैजाने निर्णय भएको एक पदाधिकारीले बताए । ‘एमालेमा अब कुनै पनि तहको कार्यकारिणी कमिटीमा बस्न ७० वर्षे उमेर हद छैन,’ ती सदस्यले भने, ‘सचिवालय बैठकले हटाउने र पारित गर्न विधान महाधिवेशनमा लैजाने निर्णय गरेको छ ।’

Advertisement


एमालेले २०७८ असोजमा भएको विधान महाधिवेशनबाट ११ औं महाधिवेशनबाट लागु हुनेगरी ७० वर्षे उमेर हद लगाएको थियो । तर, अहिले पार्टीमा मुकुन्द न्यौपाने भित्र्याउनका लागि विधान संशोधन गर्नुपरेको बताइन्छ । गत चैत २६ गते नेकपा (एकीकृत समाजवादी) परित्याग गरी एमाले फर्किएका पार्टी संस्थापकमध्ये एक मुकुन्द न्यौपानेलाई जिम्मेवारी दिन विधान बाधक थियो ।

७० वर्ष उमेर पार गरेकाले उनलाई केन्द्रीय कमिटीमा ल्याउन विधान संशोधन गर्नुपरेको एमालेका नेताहरूको तर्क छ ।

Advertisement

तपाईको प्रतिक्रिया