सत्यता सहकारीमा ९० युनिट रगत संकलन

समाधान संवाददाता २०८० जेठ २४ गते १३:१५

पोखरा ।
सत्यता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन भएको छ । पोखरा २६ विजयपुरमा कार्यालय रहेको सहकारीले मंगलबार कार्यक्रम आयोजना गरेको थियो ।

सहकारीले आफ्नो १० औं स्थापना दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले पहिलो रक्तदाता वसन्त बञ्जरालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरेका थिए ।


सहकारीका अध्यक्ष निकिता सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिलिंगे कृषि सहकारी संस्थाका अध्यक्ष्य ठाकुरप्रसाद रानाभाट, जागरूक समाज पोखरा–२६ का अध्यक्ष रामहरि ढुंगाना, नेपाली कांग्रेस पोखरा– २६ का सभापति शिवबहादुर रानाभाट, राप्रपा पोखरा– २६ का अध्यक्ष टीकाराम अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका रानाभाट, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुमन भट्टराई, सहकारीका पूर्वअध्यक्ष खड्कबहादुर रानाभाट, सल्लाहकार चन्द्रगोपाल रानाभाट र नरभूपाल पौडेल लगायतले बोलेका थिए ।

Advertisement

उपाध्यक्ष गणेश राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव प्रज्वल अधिकारीले गरेका थिए । कार्यक्रम संयोजक नरेश पौडेलले धन्यवाद व्यक्त गरेका थिए । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको सहकारीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया