एमाले कास्की इन्चार्जमा थापा

समाधान संवाददाता २०८० जेठ २४ गते १४:४२

पोखरा ।
नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले कास्की इन्चार्जको जिम्मेवारी पोलिटव्युरो सदस्य थममाया थापालाई दिएको छ ।


पोखरा महानगर इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य कृष्ण थापा, रुपा गाउँपालिका इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य मन्जुदेवी गुरुङले पाएका छन् । अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य राजिव पहारी र मादी गाउँपालिका प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनाकुमारी गुरुङलाई दिइएको छ ।


गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारीमा केन्द्रीय कमिटी सचिव गोकर्ण बिष्ट छन् । हालै बसेकाे केन्द्रीय सचिवालयको बैठकले नयाँ जिम्वारी ताेकेकाे हाे ।

Advertisement

तपाईको प्रतिक्रिया