युवा संघ गण्डकी संयोजकमा अधिकारी

समाधान संवाददाता २०८० जेठ २६ गते ११:३७

पोखरा ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको संयोजकको जिम्मेवारी विकास अधिकारीले पाएका छन् । निवर्तमान संयोजक महेन्द्र गुरुङ युवा संघको नवौं महाधिवेशनबाट उपमहासचिव भएपछि संयोजक पद रिक्त थियो ।


युवा संघ नेपालको प्रथम पूर्ण बैठकले संगठनको दैनिक काममा सहजीकरण गर्न खेलकुद विभागको जिम्मेवारी सम्पन्न श्रेष्ठलाई दिएको छ । पछिल्लो कार्यविभाजन अनुसार जिम्मेवारी पाएका गण्डकी प्रदेश कमिटी संयोजक अधिकारीका अनुसार अघिल्लो केन्द्रीय कमिटीको बैठकले अधिवेशन सम्पन्न नभएका प्रदेश कमिटीको संयोजक तोकेको थियो ।


तीमध्ये धेरै जसो संयोजक माथिल्लो कमिटीको जिम्मेवारीले प्रदेश कमिटीको कामलाई निरन्तरता दिन नयाँलाई जिम्मेवारी तोकिएको युवा संघले जनाएको छ । राष्ट्रिय युवा संघ नेपालले ‘समाज परिवर्तनको अभियान, नवयुवाको योगदान’ भन्ने नाराका साथ मिसन नेक्स्ट इलेक्सन टार्गेट न्यु जेनेरेन नामक ४ महिने अभियान चलाउन थालेको छ ।

Advertisement


४ लाख युवालाई सदस्यता प्रदान गर्ने अभियानको क्रममा युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको अधिवेशन गर्ने संयोजक अधिकारीले जानकारी दिए । उनले अभियानको दौरानमा तोकिएको समयमा गण्डकी प्रदेश कमिटीको अधिवेशन गर्नुपर्ने केन्द्रीय सर्कुलर आएको जनाए । राष्ट्रिय युवा नेपालले संघका केन्द्रीय उपाध्यक्ष रमेश तिवारीलाई गण्डकी प्रदेशको उत्प्रेरक तोकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया