नीलगगन समाजको सरसफाइ र सचेतना

समाधान संवाददाता २०८० जेठ २६ गते १५:५९

पोखरा ।

नीलगगन विकास सामाजको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा सरसफाइ तथा सचेतना कार्यक्रम गरिएको छ । प्लास्टिकको प्रयोगले मानव जीवनमा पार्न सक्ने असर, त्यसको न्यूनीकरण र फोहोर व्यवस्थापन सम्बन्धमा १ दिने सचेतना कार्यक्रम पोखरा २३ हर्पनमा त्यस क्षेत्रका स्थानीय बीच गरिएको थियो ।


कार्यक्रममा धारा पँधेरा तथा मानिसको जमघट हुने सार्वजानीक स्थानमा राख्ने गरी १५ थान डस्टबिन टोल विकास समिति अध्यक्ष खरिलाल पौडेललाई हस्तान्तरण गएिको थियो । सचेतना कार्यक्रमपछि हर्पन चैनपुरका स्थानीयले, घर वारि खेल्लाबाट जम्मा गरिएको करिब ९० बोरा फोहर व्यवस्थापनका लागि पोखरा महानगरपालिकाको फोहर उठाउने गाडीमा पठाएको थियो ।

Advertisement


नागरिक अभियन्ता रामबहादुर पौडेलले प्लास्टिक जलाउँदा र त्यसको प्रयोगले मानव स्वास्थ, वातावरण प्रदूषण साथै जलवायु परिवर्तनमा पनि नराम्रो असर पार्ने बताए । समाजसेवी बाबुराम पौडेल, शुकबहादुर क्षेत्री हरिभक्त पौडेल, गोपाल पौडेल लागयतले फोहर व्यवस्थापनमा आफ्नो धारणा व्यक्त गरे ।


संस्थाका अध्यक्ष वैकुण्ठ पौडेलले फेवातल जलाधार क्षेत्रका बासिन्दाले आ–आफ्नो घरबाट निस्किएको फोहोर घरमा नै व्यवस्थापन गर्न सके यस क्षेत्रका खोलानाला र फेवाताल स्वतः सफा हुने बताए । संस्थाका अध्यक्ष वैकुण्ठ पौडेलले प्लास्टिक, पुरानो कपडा जुत्ता चप्पल आदि गाउँको खोल्सामा फाल्दा फेवातालमा आउने र ताल पुरिने गरेको सुनाए । कार्यक्रम संयोजन संस्थाका निवार्तमान अध्यक्ष युवराज पौडेल र सहजीकरण संस्थाका उपाध्यक्ष नारायण पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया