पोखरा १२ द्वारा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान 

समाधान संवाददाता २०८० जेठ २९ गते १३:२२

पोखरा । 

पोखरा महानगरपालिका– १२ नम्वर वडा कार्यालयले गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । आइतबार शीतलादेवी सामुदायिक मावि, अमरसिंह मावि र सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई विद्यालयमै पुगेर शैक्षिक छात्रवृत्ति वितरण गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

तीन विद्यालयका २६ जनालाई छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति निष्पक्ष गराउन विद्यालय व्यवस्थापन समितिले सिफारिस गरेको विद्यार्थीलाई प्रदान गरिएको हो, उनले भने । प्रत्येक विद्यार्थीलाई पाँच पाँच हजारको दरले वडा कार्यालयले सहयोग गरेको हो । शीतलादेवीको ८, अमरसिंहको ८ र सरस्वती आधारभूत विद्यालयको १० जनालाई छात्रवृत्ति दिइएको हो । बालबालिकालाई सहज होस् भनेर प्रत्येक विद्यालयमा पुगेर छात्रवृत्ति प्रदान गरिएको वडाध्यक्ष बास्तोलाले बताए ।

Advertisement

छात्रवृत्ति पाएपछि विद्यार्थीहरू खुसी भएका छन् । नयाँ शैक्षिक सत्रमा भर्ना भएका दलित, जनजाति, खस आर्य तथा गरिब एवम् जेहेन्दार बालबालिकालाई उक्त छात्रवृत्ति वितरण गरिएको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया