मगरसंघ कास्कीकाे अध्यक्षमा राम

समाधान संवाददाता २०८० जेठ २९ गते १७:०९

पोखरा ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको २७ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन भएको छ ।

अधिवेशनले अध्यक्ष राम थापामगरको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।


उपाध्यक्षमा चन्द्रबहादुर पुन, सचिव लालबहादुर राना, सहसचिवहरुमा भीमकुमारी गर्बुजा पुन, शिव थापा, जीवनकुमार थापा, नरबहादुर पुन र गोविन्द पुनमगर छन् । कोषाध्यक्षमा भक्तबहादुर थापा, सहकोषाध्यक्षमा दिलबहादुर श्रीस मगर र देऊकुमार थापा छन् । कार्यसमितिकाे सदस्यमा ओमबहादुर थापा, टीकाराम फगामी, रामबहादुर पुन, सुशीला राना, जुमबहादुर राना, रामबहादुर आले, रिमबहादुर राना, मोहनबहादुर राना, रामबहादुर राना छन् ।

Advertisement


सुनमाया आले, बुद्धिबहादुर थापा, जयबहादुर राना, दानकुमारी थापा, हुमबहादुर राना, उमादेवी पाण्डेमगरर दिलु पुनमगर कार्यसमिति सदस्य छन् ।


कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनले मगर समुदायको भाषा, संस्कृति संस्कार र रीतिरिवाजको संरक्षण गर्नुपर्ने बताए । उनले राष्ट्रिय भाषा आयोगको सिफारिस अनुसार मगर भाषालाई सरकारी कामकाजीको भाषा बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरे । उनले मगर समुदाय भित्रको पुःन थर छुट्टै जाति नभएको दाबी गरे ।

Advertisement


कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेम पुन, भाषिक उपाध्यक्ष फूलकुमारी थापा, गण्डकी प्रदेश अध्यक्ष तारामाया थापा, सल्लाहकार मोतिश्वर थापा, कास्की अध्यक्ष संगीता पुन, मगर महिला संघ कास्कीका अध्यक्ष नुनु रानामगरले सबैको एकता भएमात्र मगर समुदायको हक अधिकार सुनिश्चित हुने बताए ।

तपाईको प्रतिक्रिया