पूर्वमुख्यमन्त्री अधिकारीकाे शल्यक्रिया सफल

समाधान संवाददाता २०८० जेठ ३० गते १७:५३

पाेखरा ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीकाे शल्यक्रिया सफल भएकाे छ ।

अधिकारीकाे राजधानीस्थित त्रिवि शिक्षण अस्पतालमा मंगलबार हर्नियाकाे शल्यक्रिया भएकाे हाे । पारिवारिक श्राेतका अनुसार झण्डै एक वर्षदेखि हर्नियाबाट पिडित अधिकारी राजनैतिक व्यस्तताका कारणले औषधी सेवन गर्दै आएका थिए ।

Advertisement

पारिवारिक श्राेतका अनुसार पूर्वमुख्यमन्त्री अधिकारी अझै २ दिन अस्पताल मै रहने छन् । शल्यक्रियापछि उहाँकाे स्वास्थ्य स्थिति सन्ताेष जनक छ, चिकित्सकहरुले नियमित परिक्षण गरिरहेका छन्, सम्भवत पर्सी डिस्चार्ज हुनुहाेला– पारिवारिक श्राेतले समाधानलाई बतायाे ।

Advertisement

तपाईको प्रतिक्रिया