४० औं जुनियर युवा तथा २९ औं शिक्षक नायक गोष्ठी सम्पन्न

समाधान संवाददाता २०८० जेठ ३१ गते ११:४०

पाेखरा ।

रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा जुनियर युवा रेडक्रस सर्कल रास्ट्रिय मा बि पोखरा १ को ब्यबस्थापनमा यही जेठ २६ र २७ गते ४० अौ जुनियर युबा तथा २९ अौ शिक्षक नायक गोष्ठी पोखरामा सम्पन्न भएको छ ।

गोष्ठीकाे उद्घाटन गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल र समापन सामाजिक बिकास मन्त्री शुशिला सिङ्गखडाले गरेकाे जुनियर पुबा समिति कास्कीका संयोजक रमेशराज भण्डारीले समाधानलाई जानकारी गराए ।

Advertisement

उद्घाटन सत्र पछि बिभिन्न बिधामा प्रशिक्षण समेत दिईएको थियो । कास्की जिल्लाका १२५ सर्कलका २ बिद्यार्थी र १ शिक्षक नायको उपस्थित रहेको कार्यक्रममा कास्की शाखाका सभापति डण्डराज शर्मा, निवर्तमान सभापति डोलराज पाण्डे , कोषाध्यक्ष सन्तोष अधिकारी, उप कोषाध्यक्ष बिष्णि भण्डारी , जुनियर युवा समिति संयोजक रमेशराज भण्डारी , बिद्यालयका प्र अ कृस्ण प्रसाद बास्तोला , शिक्षक नायक अम्बिका भण्डारी, सहशिक्षक सुर्य प्रसाद रिवाल, शिब देबकोटा लगाएतले उद्घाटन तथा समापन कार्यक्रममा रेडक्रस अभियान , जुनियर युबाको दायित्व लगाएतका बिषयमा जानकारी मन्तब्य दिएका थिए ।

सो प्रशिक्षणमा नबराज भण्डारी ,देनारायण पौडेल, लक्ष्मण कोईराला, मोहन सिङ्ग खड्का, बबिता सुवेदी, अर्जुन ज्ञवाली, रमेशराज भण्डारी, डोलराज पाण्डे , कल्पना ज्ञवाली, जिल्ला ट्राफिक कार्यलयमा प्रतिनिधि , रबिन्द्र माकाजु, गणेश गिरी लगाएतले प्रशिक्षण दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया