६४ युनिट रगत संकलन

समाधान संवाददाता २०८० असार १ गते ११:२२

पोखरा ।
विश्व रक्तदाता दिवसको सन्दर्भमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले बिहीबार रक्तदान आयोजना ग¥यो । कार्यक्रममा ६४ युनिट रगत संकलन भएको प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।


मारोहमा विभिन्न समयमा गरी ७३ पटक रक्तदान गर्ने सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्ण थापालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा संरक्षक प्रजापति पराजुलीले पहिलो रक्तदाता प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजाललाई ब्लडब्याग हस्तान्तरण रक्तदान सुरुआत गरे । उनले प्रतिष्ठान गण्डकीले नियमित रुपमा रक्तदान जस्तो पवित्र कार्यक्रम गरेको बताए ।


कार्यक्रममा संस्थाका पूर्व केन्द्रीय अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष पुरुषोत्तम न्यौपाने, संस्थाका केन्द्रीय प्रशासनिक सचिव जीवन दाहाल, केन्द्रीय सचिवालय सदस्य सुरेन्द्र गुरुङ, पूर्व उपमहासचिव चोलेन्द्र पौडेल, प्रतिष्ठान गण्डकी संरक्षक यामबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष प्रेमराज अधिकारी, सचिव रामजी पौडेल, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण सुवेदी लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

Advertisement


कार्यक्रममा लोक तथा दोहोरी गायक तथा गायिकाहरु मञ्जु विक, टेक क्षत्री, सविना गुरुङ, सुनिता नेपाली, विकास नेपाली, सरस्वती लामिछाने लगायतले सांगीतिक प्रस्तुति राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया