साढे ३३ अर्बको आयो गण्डकी प्रदेशको बजेट

समाधान संवाददाता २०८० असार १ गते १७:१९

पोखरा ।

गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आउँदो आर्थिक वर्षका लागि ३१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । यो चाल आवको भन्दा कम हो । संघीय सरकारले नै अनुदानहरु कटौती गरेकाले प्रदेशको बजेट आकार घटेको हो ।

प्रदेश सभामा अर्थमन्त्री आलेले कुल बजेट ३३ अर्ब ४२ करोड रुपैयाँमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरेका छन् ।

Advertisement

अर्थमन्त्री आलेका अनुसार वित्तीय व्यवस्थातर्फ ५० करोड छुट्याइएको छ । सरकारले बजेटको स्रोतको रूपमा संघबाट आएको अनुदानलाई आधार मानेको छ । समानीकरण अनुदानमार्फत सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँट ९ अर्ब पाँच करोड २५ लाख, रोयल्टी बाँडफाँट ४० करोड आठ लाख, ससर्त चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड र विशेष अनुदान ७० करोड प्राप्त हुने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया