प्रभातलाई धरौटीमा रिहा गर्न कास्की अदालतको अनुमति

समाधान संवाददाता २०८० असार ४ गते १६:१४

पोखरा ।
जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बागलुङका प्रभात बसेललाई १ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई आइतबार धरौटीमा छोड्न आदेश दिएको हो । म्याग्दीकी २२ वर्षीया युवतीले जेठ ७ गते प्रभातविरुद्ध जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धनको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन् ।

यसअघि गत बिहीबार अपहरण र शरीर बन्धनको मुद्दामा जिल्ला अदालत म्याग्दीले प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न अनुमति दिइसकेको छ ।

Advertisement

प्रभातले जिल्ला अदालत कास्कीमा १ लाख धरौटी बुझाएपनि उनलाई प्रहरीको रोहवरमा जिल्ला अदालत म्याग्दी लगिनेछ । उनले म्याग्दी अदालतमा साढे २ लाख धरौटी बुझाएपछि रिहा हुनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया